नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको घरमा ३ वटा बम विस्फोट भएको छ ।
गएराति ढकालको सैनामैना नगरपालिका–७ स्थित निवासमा ३ वटा बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । विस्फोटबाट ढकालले प्रयोग गर्ने कार तथा घरको एउटा कोठामा क्षति पुगेको प्रहरी जनाएको छ ।
विस्फोटको समयमा ढकालका बाबा–आमा र पत्नी घरमा सुतिरहेका थिए ।
बाइक चढेर आएका ३ जना बम हानेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपि, उनीहरूको पहिचान नखुलेको र घटनाबारे थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।