काठमाडौ – हेटौँडा उपमहानगरपालिका– १९ नेवार पानीमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।
आज बिहान झण्डै साढे २ बजे काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउने सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका– ५ का ५८ वर्षीय मुकेश शर्मा रहेका छन् । घाइते १५ जनामध्ये ८ जना हेटौँडाको चुरेहिल अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको, चार जनाको भरतपुर अस्पतालमा उपचार भैरहेको र अन्य तीन जनाको चुरेहिल अस्पतालमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।