logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नेकपा सचिवालय बठैक बालुवाटारमा सुरु


अंकुरण खबर
2.119K
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकसुरू भएको छ।

धेरै पटक स्थगित हुँदै आएको बैठक शुक्रबार बिहान ११ बजेपछि बालुवाटारमा बसेको हो। बिहीबार डाकिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि औपचारिक रूपमा सुरू नै नभई स्थगित भएको थियो।

बैठक बस्नुअघि अहिले प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको जनाइएको छ ।
पार्टी एकीकरण प्रक्रियाको बाँकी काम टुंगो लगाउने विषयमा नेकपा दुई अध्यक्ष निरन्तर छलफलमा भए पनि सहमति भने हुन सकिरहेको छैन।