रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणबारे अनुसन्धान गर्न जिल्ला अदालत चितवनले पाँच दिन म्याद थप गरेको छ ।
अदालतले उनीहरु तीनैजनालाई पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको चितवन प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले विरोध जुलुुस गरेपछि उनीहरु तीनैजनालाई प्रहरी कार्यालय पछाडिको गेटबाट अदालत लगिएको थियो ।
लामिछाने र कँडेल बिहीबार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेर थिए भने अस्मितालाई कलंकीबाट पक्राउ गरेको थियो ।