काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका विभिन्न विभागको जिम्मेवारी सम्हाल्ने नेताहरुको नाम टुंग्याएको छ । लामो समयसम्म विवादमा रहेको स्कुल विभाग लगायतका विभागहरुको टुंगो लगाइएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले ३३ विभागको नेतृत्व टुंगो लगाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन् ।
१, विदेश : प्रमुख–माधवकुमार नेपाल, उपप्रमुख–जनार्दन शर्मा
२, स्कुल : प्रमुख– ईश्वर पोखरेल, उपप्रमुख – देवेन्द्र पौडेल
३, संगठन : प्रमुख– वामदेव गौतम, उपप्रमुख –सुरेन्द्र कार्की
४, नीति अनुसन्धान प्रतिष्ठान : संयोजक–झलनाथ खनाल, सहसंयोजक–रामचन्द्र झा
५, प्रचार : प्रमुख–नारायणकाजी श्रेष्ठ, उपप्रमुख– सूर्य थापा
६, अर्थ तथा योजना : प्रमुख–सुरेन्द्र पाण्डे, उपप्रमुख– डोरप्रसाद उपाध्याय
७, उद्योग तथा वाणिज्य : प्रमुख– राधा ज्ञवाली, उपप्रमुख–वामदेव क्षेत्री
८, उपभोक्ता हित तथा आपुर्ति : प्रमुख–मातृका यादव, उपप्रमुख– बलराम बाँस्कोटा
९, कृषि तथा भूमिसुधार : प्रमुख–चक्रपाणि खनाल,, उपप्रमुख–हरि पराजुली
१०, कोष तथा आर्थिक व्यवस्थापन : प्रमुख– हरिबोल गजुरेल, उपप्रमुख– कृष्ण गोपाल श्रेष्ठ
११, खानेपानी तथा सरसफाइ : प्रमुख– बीना मगर, उपप्रमुख– ममता गिरी
१२, उर्जा तथा सिंचाइ : प्रमुख– बर्षमान पुन, उपप्रमुख– पर्शुराम मेघी गुरूङ
१३, निर्वाचन विभाग : प्रमुख– प्रदीप ज्ञवाली, उपप्रमुख – खिमलाल देवकोटा
१४, न्याय कानुन तथा मानवअधिकार : प्रमुख– रघुजी पन्त, उपप्रमुख –मुक्तिनारायण प्रधान
१५, पर्यटन प्रर्वद्धन तथा नागरिक उड्ययन : प्रमुख–योगेश भट्टराई, उपप्रमुख– पासाङ शेर्पा
१६, प्रादेशिक मामला : प्रमुख– घनश्याम भुषाल, उपप्रमुख– परशु तामाङ
१७, पुस्तकालय विभाग : प्रमुख– नारायणप्रसाद शर्मा, उपप्रमुख– ज्ञानबहादुर भुजेल
१८, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था : प्रमुख– रघुवीर महासेठ, उपप्रमुख– हरि अधिकारी
१९, युवा तथा खेलकुद : प्रमुख– टोपबहादुर रायमाझी, उपप्रमुख– ठाकुर गैरे
२०, राजकीय मामिला तथा सुशासन : प्रमुख– रामबहादुर थापा बादल, उपप्रमुख– गुरु बराल
२१, राष्टिय सुरक्षा प्रर्वधन: प्रमुख– बेदुराम भुषाल, उपप्रमुख– सन्तु दराई
२२, वन तथा वातावरण : प्रमुख– शक्ति बस्नेत, उपप्रमुख–गुरु बराल
२३, विज्ञान तथा प्रविधि विभाग : प्रमुख–गणेश शाह, उपप्रमुख–अरुण नेपाल
२४, शिक्षा तथा मानवस्रोत विभाग : प्रमुख–गिरिराजमणी पोखरेल, उपप्रमुख–विजय पौडेल
२५, श्रम तथा रोजगार विभाग : प्रमुख–गोकर्ण विष्ट, उपप्रमुख– रामेश्वर राय यादव
२६, संघीय संसदीय विभाग : प्रमुख–सुवास नेम्वाङ, उपप्रमुख–देवप्रसाद गुरुङ
२७, समाज कल्याण विभाग : प्रमुख –केशवलाल श्रेष्ठ, उपप्रमुख–गोपाल ठाकुर
२८, सहकारी तथा गरिबी निवारण विभाग : प्रमुख–विष्णु रिमाल, उपप्रमुख–धर्मदत्त देवकोटा
२९, शहरी विकास विभाग : प्रमुख–लेखराज भट्ट, उपप्रमुख–जगन्नाथ पण्डित
३०, सामान्य प्रशासन विभाग : प्रमुख–लालबालु पण्डित, उपप्रमुख–रेखा शर्मा
३१, साहित्य, कला, तथा संस्कृति विभाग : प्रमुख–मणी थापा
३२, स्वास्थ्य तथा जनसंख्या विभाग : प्रमुख–राजेन्द्र पाण्डे, उपप्रमुख– अञ्जना विसंखे
३३, केन्द्रीय कार्यालय सचिव : श्रीराम ढकाल, इश्वरी रिजाल