logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी


अंकुरण खबर
988
Shares

काठमाडौं – बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदिमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ । जैदीको व्यार्थला मैदानमा रहेको एनसेलको रिपिटर टावरमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

शुक्रबार दिउँसोसम्म पनि स्थानीयले प्रयोग गरेको मोबाइलमा एनसेलको नेटवर्क नदेखाएपछि टावरको खराबीका विषयमा खोजी भएको हो । उच्च पहाडमा रहेको उक्त टावरमा पुगेको प्रहरीले टावर आगजनी भएको अबस्थामा रहेको जानकारी गराएको छ ।

अज्ञात समूहले पेट्रोलियम पदार्थ छर्केर बिहीबार राति आगजनी गरेको स्थानीयले बताएका छन् । टावरको व्याट्री, तार जलेर नष्ट भएको छ । टावरको वरपर भने कुनै क्षति भएको छैन्। आगो कसले किन लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।