logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा रवि लामिछानेका समर्थकहरुद्धारा प्रहरीको गाडी तोडफोड


अंकुरण खबर
1.469K
Shares

काठमाडौं – भरतपुरमा आज विहानै देखि रवि लामिछानेका समर्थकहरुले प्रर्दशन गरेपछि झडप भएको छ । प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको हो ।

प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ । सो क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा अनुसन्धान गर्न भन्दै पत्रकार लामिछाने सहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।