काठमाडौं – सामान्य विवादमा आफ्नै श्रीमतीलाई हत्या गरी फरार रहेका पर्साका मुक्ति नारायण कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार साँझ घरायसी विवादमा आफ्नै घरमा धारिलो हतियारले आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका जिल्लाको कालिकामाई गाउँपालिका-५ का कुर्मीलाई पर्सा प्रहरी मातहतको प्रहरीले शनिबार पक्राउ गरेको हो । अभियुक्त कुर्मीले आफ्नै ३५ वर्षीया श्रीमती संगीतादेवी कुर्मीलाई सामान्य विवादमा धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ ।
फरार कुर्मीलाई खोजी गर्ने क्रममा उखुबारीमा लुकेको समयमा पर्साको प्रहरीले पक्राउ गरेको हो । मृतक संगीतादेवीको शव भने शुक्रबार अबेर साँझ पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।