काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चर्चित पत्रकार रबि लामिछाने प्रक्राउ प्रकरणबारेमा पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु अगाडी रबि लामिछाने लगायतले आत्महत्या गर्न बाध्य बनाएको भनी आरोप लगाईएको भिडियो नै संकास्पद रहेको बताएका छन् ।
शनिबार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । सम्मेलनमा बोल्दै उनले भने “त्यो भिडियो आफैँमा विरोधाभाष छ । मैले पनि हेरेको छु । एक आपसमा बाँझिएको छ” । उनले भिडियो आफैँमा शंकास्पद रहेको भनी अभिव्यक्ति दिएका छन् ।
सार्वजनिक भएको भिडियो इडिट गरिएको बारे प्रश्न सोध्दा उनले भिडियोमा कसैले बदमासी गरेको पाईए कडा कारवाही हुने बताए । उनले भने”मरेको मानिसले कसैले आत्महत्या गर्न बाध्य पारेको भनेपछि सोधपुछका लागि प्रहरीले लगेको हो । कानुन भन्दामाथि रबि जी पक्कै हुनुहुन्न । सोधपुछ हुँदैछ निर्दोष भए फसाउने कुरै हुन्न । दोषी ठहरिए कानुन अनुसार कारवाही हुन्छ” । उनले कानुनमाथि कोही पनि हुन नसक्ने भन्दै रबि लामिछानेलाई आरोप लागिसकेपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको समेत स्पष्ट पारे ।