logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ


अंकुरण खबर
4.316K
Shares

काठमाडौं – बालिका बलात्कारको आरोपमा भोजपुरबाट एक युवक पक्राउ परेका छन् । अरुण गाउँपालिका–७, की १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ टेलीयाका ३१ वर्षीय योगेन्द्रबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

विकले गएको साउन २८ गते राति जनश्रम प्राथामिक विद्यालय जरायोटारमा लगेर बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । केही समय अगाडिबाट चिनजान भइ बोलचाल गर्न थालेका विकले बालिकालाई विवाह गर्ने बहानामा बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

राति विद्यालयमा बसेपछि विकले आफूलाई जबरजस्ती करणी गरेको बालिकाले दिइएको उजुरीमा उल्लेख गरिएको छ । बालिकाको जिल्ला अस्पताल भोजपुरमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका विकमाथि  जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।