logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै


अंकुरण खबर
2.821K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । उनले सरकारका काम र समसामयिक विषयमा सदनलाई जानकारी गराउन लागेका हुन् ।

सम्बोधनमा स्वास्थ उपचारका लागि गरेको सिंगापुर भ्रमणका विषयमा पनि प्रधानमन्त्रीले जानकारी गराउने अनुमान गरिएको छ । प्रधानमन्त्रीको नियमित प्रश्नोत्तर तालिका पनि आजै परेको छ । संसद नियमावलीमा प्रत्येक महिनाको पहिलो र अन्तिम बैठकमा दश जनासम्मले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सक्ने व्यवस्था गरेको छ ।

सांसदहरुले गरेका प्रश्नको जवाफ प्रधानमन्त्रीले तत्काल दिनुपर्नेछ । यो कार्यक्रम एक घण्टासम्म चल्ने नियममा व्यवस्था नियमावलीमा छ । तर चालु अधिवशेनमा अहिलेसम्म प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हुन सकेको छैन ।