logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करेन्ट लागेर भरतपुरमा एक मजदुरको मृत्यु


अंकुरण खबर
2.613K
Shares

काठमाडौं – करेन्ट लागेर भरतपुरमा एकजना मजदुरको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-११, अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरबाट करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको हो । भरतपुरमा मजदुरी गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।