प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रति सरकारको निष्ठामा अनावश्यक भ्रम नफैलाउन चेतावनी दिएका छन् ।
आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्र प्रति सचेत छैन भनेर भ्रम सृजना गर्ने शक्ति सक्रिय भएकाले यस्ता भ्रम प्रति सचेत हुन सबैलाई आग्रह गरेका छन् । उनले भने, ‘मैले कुनै भावावेशमा होइन भनेर किन भनिरहेको छु भने यस सरकारको लोकतन्त्रप्रतिको निष्ठामा अनावश्यक भ्रम फिजाउने प्रयास भइरहेको छ ।’
लोकतन्त्रका लागि आफूहरुको कठोर त्याग तपस्याबाट आएकाले यसको संरक्षण संवद्र्धनमा सबै आफुहरु सचेत रहेको उनको भनाई छ । उनले आगामी निर्वाचन पछि आफु पदबाट बाहिरीनी पनि संकेत गरे । उनले भने
कतिपयले ‘पद जाने भयो भनेर प्रधानमन्त्री लगलग कामेर बसेको छ’ भनेको सुनेको छु । अगामी निर्वाचनपछि मलाई पनि पदमा बस्न मन छैन । निवार्चनसम्म धैर्य गर्नुस् ।’
उनले जनताले दिएको जिम्मेवारीबाट सरकार भाग्छ भन्ने दिवासप्ना नदेख्न पनि आग्रह गरे ।