logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रबि लामिछानेसहित ३ जनाविरुद्ध पुडासैनीकी श्रीमतीद्वारा किटानी जाहेरी


अंकुरण खबर
1.313K
Shares

काठमाडौ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता एवं पत्रकार रवि लामिछानेविरुद्ध किटानी जाहेरी परेको छ ।

पत्रकार पुडासैनीका श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाडौमा उपस्थित भई परिसरमार्फत चितवन प्रहरीमा जाहेरी दिएकी हुन् । सम्झनाले सञ्चारकर्मी लामिछानेसहित अन्य आरोपी युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध पनि किटानी दिएकी हुन् ।

पत्रकार पुडासैनीले मृत्यु हुनुभन्दा अघि रेकर्ड गरेको भनिएको भिडियो सामाग्रीमा आरोप लगाएपछि रबिसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत चितवनबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।