काठमाडौं – भदौ महिनाको पहिलो दिन आइतबार खुलेको शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ९.२० अंकले घटेर १२१४.८३ अंकमा झरेको छ ।
कुल १६० कम्पनीको शेयर ३२ करोड ९५ लाख २७ हजार रुपैयाँमा कारोबार भएको छ । आज कारोबारमा आएका समूहमध्ये उत्पादन समूहबाहेक बाँकी सबै समूहमा गिरावट आएको छ । आजको कारोबार रकमका आधारमा सबैभन्दा अगाडि एनआईसी एसिया बैंक रहेको छ । यस बैंकको २ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकका लगानीकर्ताले कमाएकाका छन् । यस कम्पनीको शेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ । त्यसपछि रिलायन्स फाइनान्सको ६.८४ प्रतिशतले बढेको छ । र सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य घटेको छ । यस कम्पनीको ४.७५ प्रतिशतले घटेको छ ।