logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सहकारी संस्थाबाट ५ लाख  बराबरको चोरी


अंकुरण खबर
2.262K
Shares

काठमाडौं – मोरङको कानेपोखरी गाँउपालिकामा अवस्थित एक सहकारी संस्थामा चोरी भएको छ । गाँउपालिकास्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख ५ सय ५१ रुपैया चोरी भएको हो ।

शनिबार राती संस्थामा सुरक्षाका लागि जडान गरिएको सिसिटिभी क्यामेराको तार काटेर चोरी भएको सहकारी संस्थाका उपाध्यक्ष हरि कोइरालाले जानकारी दिए । उपाध्यक्ष कोइरालाका अनुसार असोज ४ गते हुने संस्थाको २७ औं साधारण सभाको तयारीका लागि शनिबार राती करिब १० बजेसम्म सञ्चालक समितिका पदाधिकारी संस्थामा बसेर काम गरेका थिए ।

आइतबार बिहान ७ बजे संस्था खोल्ने क्रममा संस्थाका परिचालक रमेश शिवाकोटीले चोरी भएको थाहा पाएर इलाका प्रहरी कार्यालयलाई  खबर गरेका थिए। चोरी गर्नेको पहिचान हुन नसकेको र खोजी गर्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।