logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरतपुरस्थित राष्ट्रिय वाणिज्य बैंकमा आगलागी


अंकुरण खबर
1.56K
Shares

काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक भवनमा आज बिहान आगलागी भएको छ ।

बिहान सात बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगो दमकल र सुरक्षाकर्मी र स्थानीयको पहलमा नियन्त्रणमा आएको हो । आगलागीबाट दुई तले भवनको तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन हुन बाँकी रहेको छ । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट महत्वपूर्ण कागजात, पैसाको लकर र सर्बर सुरक्षित रहेको बैंकले जानकारी दिएको छ ।