logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘आइकाओ’का उड्ड्यन महानिर्देशकहरुको सम्मेलन काठमाडौंमा आजदेखि शुरु


अंकुरण खबर
819
Shares

काठमाडौं – अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठन ‘आइकाओ’को ‘नागरिक उड्ड्यन महानिर्देशकहरूको ५६औं सम्मेलन’ आजवाट काठमाडौंमा शुरु हुँदैछ । नागरिक उड्ड्यन क्षेत्रमा नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

राजधानीको सोल्टी होटलमा शुक्रबारसम्म चल्ने सम्मेलनमा उड्डयन सुरक्षा, क्षमता अभिवृद्धि, एयर नेभिगेसन, आर्थिक विकास तथा हवाई यातायात, उड्ड्यन तथा वातावरण, प्राविधिक तथा क्षेत्रीय सहकार्य एवं नागरिक उड्ड्यनसँग सम्बन्धित अन्य समसामयिक विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

सम्मेलनमा ४३ देशका २ सय ९१ प्रतिनिधि, २६ प्रवर्द्धक संस्था तथा अन्य गरी करिब ४ सय विदेशी सहभागी हुने बताइएको छ । नेपाल सन् १९६० मा आइकाओको सदस्य भएको थियो । नेपालको उड्ड्यन क्षेत्रमा आइकाओले महत्पूर्ण सहयोग उपलब्ध गराउँदै आएको छ ।