logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको नियुक्ति आजै हुने


अंकुरण खबर
1.287K
Shares

काठमाडौं – सरकारले बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष पदमा कसलाई नियुक्त गर्ने भन्ने टुंगो आजै लगाउने भएको छ ।

आज अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकले आयोगको उपाध्यक्षको टुंगो लगाउने बताइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आजको मन्त्रिपरिषद् बैठकमा उपाध्यक्ष पद नियुक्तिका लागि गठित सर्च कमिटीले दिएको तीनजनाको नाम पेस गर्ने बुझिएको छ । सोहीमध्येबाट मन्त्रिपरिषदले एकजनालाई उपाध्यक्षमा नियुक्त गर्नेछ ।

यसअघि २९ साउनमा बसेको सर्चकमिटीको बैठकले आयोगको उपाध्यक्षमा तीनजनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । कमिटीले एक नम्बरमा प्राडा सुरेन्द्र शेरचन, दुई नम्बरमा प्राडा शम्भुकुमार पहारी र तीन नम्बरमा प्राडा श्रीकृष्ण गिरीलाई सिफारिस गरेको छ ।