logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बाढीले डाइभर्सन बगाएपछि बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध


अंकुरण खबर
3.029K
Shares

बुटवल–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध बनेको छ । नवलपुरमा रहेको पुल भाँचिएपछि वैकल्पिक रुपमा बनाइएको डाइभर्सनसमेत बाढीले बगाएपछि सडकखण्ड पुनःअवरुद्ध बनेको हो ।

गएरातिकोे बाढीले डाइभर्सन बगाएपछि १५ घण्टासम्म सवारीसाधनहरु रोकिएका थिए । आज बिहान मर्मत गरेर सवारीसाधन सञ्चालनमा ल्याएपनि पुन आधा घण्टामै डाइभर्सन बगाएपछि सवारीसाधन ठप्प बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

अहिले डोजर लगाएर मर्मतको काम भइरहेको छ । सडक अवरुद्ध भएपछि अहिले २० किलो मिटरसम्म सवारीसाधनहरु लामबद्ध भएर रोकिएका छन् ।

गत बुधबार पूर्वी नवलपरासीको अरुणखोलाको पुलमा मालबहाक ट्रक ठोकिएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालनमा ल्याएको थियो ।