काठमाडौं – प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा नाराबाजी गर्ने ७ जनालाई सोमबार पक्राउ गरेको छ ।
उनीहरुले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा रवि लामिछाने निर्दोष रहेको र तत्काल छाड्नु पर्ने भन्दै सडकमै नाराबाजी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो सन्देशमा आफ्ना पूर्वसहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका थिए। सोही भिडियोको आधारमा छानबिनका लागि तीनैजना अहिले प्रहरी हिरासतमा छन्।