काठमाडौं – प्रधानमन्त्री केपी ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएको हुँदा युरोपको आकाशमा माथिको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन् ।
काठमाडौंमा सोमबारबाट सुरु भएको अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो हवाई सुरक्षामा नेपालको कमजोरी अहिले नरहेको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले नेपालको पछिल्लो राजनैतिक अवस्था र सरकारले लिएको लक्ष्य स्पस्ट भएको हुँदा विकासमा लगानीको लागि अनुकुल समय रहेको बताए ।
नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख बढी पर्यटक भित्राउने लक्ष्यमा साथ् दिन सबैलाई आग्रह गरे । सम्मेलन पाँच दिन सम्म चल्ने छ । यो सम्मेलनमा ४३ देशका चार सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेका छन् ।