काठमाडौं – पत्रकार शलिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई म्याद थपका लागि आज फेरि जिल्ला अदालत चितवनमा लगिएको छ ।
यसअघि ५ दिनको म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले म्याद सकिएपछि आज फेरी अदालतमा पेश गर्न लागेको हो । अनुसन्धान नसकिएकाले आज फेरि तीन दिन म्याद थपका लागि अदालत लग्न लागिएको चितवन प्रहरीले जनाएको छ ।
पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई म्याद थप गर्न मंगलबार अदालत लगिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।