काठमाडौं – सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालय भित्रै मृत अवस्थामा भेटिएका छन् । आज कार्यालय भित्रको मिटिङ हलमा कार्यालयका नायब सुब्बा बच्चुराम केसीको शव भेटिएको हो ।
योजना आयोगका नायब सुब्बा केसीको शव नजिकै सेल्फास नाम गरेको विषादीको बट्टासमेत भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए । फरेन्सिक अधिकारीसहित परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
केसीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहे पनि अनुसन्धानपछि मात्र सत्य तथ्य बाहिर आउने प्रहरीले जनाएको छ ।