logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवलपरासीमा बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु


अंकुरण खबर
1.222K
Shares

काठमाडौं – नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज बिहान बसले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मध्यबिन्दु नगरपालिका–७, चोरमारामा काठमाडौंबाट महेन्द्र नगरका लागि छुटेको ना ५ ख ४८६ नम्बरको बसले साइकलयात्री भारत मोतीहारी घर भई मध्यबिन्दु नगरपालिका –७, चोरमारामा प्लाष्टिक पसल गर्दै आएका ३६ वर्षीय मोहम्मद साहबिर आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । बसले ठक्कर दिँदा ना ४५ प २१०७ नम्बरको मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका –७, बस्ने भानुभक्त पंगेनी घाइते भएका छन् ।