logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा साढे ८ अंकको गिरावट


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – साताको तेस्रो दिन मंगलबार नेपाल स्कट एक्सचेन्ज नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ८.४३  अंकले घटेर १२१३.६३ बिन्दूमा झरेको हो।

कुल १६५ कम्पनीको ११ लाख ७७ हजार ६४७ कित्ता शेयर २७  करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन सोमबार नेप्से सात अंकभन्दा बढीले बढेको थियो । कारोबार रकमका आधारमा सोल्टी होटल अगाडि रहेकोे छ । उक्त कम्पनीको ४ करोड ३५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै कारोबारबाट सबैभन्दा बढी कमाउनेमा विशाल बजार कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य ५.६२ प्रतिशतले वृद्धि भएको छ । र सबैभन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य ९.५६ प्रतिशतले घटेको छ ।

मंगलबार कारोबारमा आएका समूहमध्ये व्यापार र सामूहिक लगानी कोष समूहको परिसूचक बढेको छ भने अन्य सबै समूहको सूचक घटेको छ ।