logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसदमा पनि रवि लामिछानेकै कुरा, सांसदले उठाए यस्तो आवाज


अंकुरण खबर
1.443K
Shares

काठमाडौं – टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि उत्पन्न परिस्थितिलाई लिएर मंगलबार प्रतिनिधिसभामा पनि उठेको छ ।

पत्रकार शालिकाराम पुडासैनी विषयमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि चितवनका सडकमा पाँच दिन देखि भइरहेको गतिविधि प्रति सांसदहरुले प्रश्न उठाएका छन् । उनीहरुले यस्ता गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको भन्दै सरकारलाई सजग गराईन् । ‘को दोषी, को निर्दोष भन्ने कुरा अदालतमा चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही होइन,’ उनले भनिन्, ‘यस्तो बेलामा भिडले गलत काम गर्न सक्ने भन्दै सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’ उनले चितवनमा भइरहेको कामलाई सहि मान्न नसकिने बताएकी छन् ।

त्यस्तै नेकपाका सांसद हितबहादुर तामाङले चितवनको सडकमा संविधानविरोधी नारा लागिरहेको भन्दै सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए । ‘अहिले चितवनका सडकमा प्रदर्शनका क्रममा संविधानविरोधी नारा लाग्न थालेको पनि सुन्‍नमा आएको छु, उनले भने, ‘त्यसलाई तुरुन्त नियन्त्रण गर्न नेपाल सरकार सक्रिय होस् । राज्यले कुनै पक्षबाट पनि प्रभावित नभइ निष्पक्ष छानबिन गर्नुपर्छ ।’ उनले अनुसन्धान निश्पक्ष हुनुपर्ने बताएका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले आत्महत्यालाई दुरुत्साहन अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ । तर, लामिछाने प क्राउको बिरोधमा चितवनको सडकमा दैनिकजसो नाराबाजी भइरहेको छ ।