काठमाडौं – राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसीले आफ्नै कार्यालयमा विष सेवन गरी आत्म हत्या गरेका छन् । उनले लेखेको ‘सुसाइड’ नोट पनि प्रहरीले फेला पारेको छ ।
उनको ‘सुसाइड’ नोटमा ‘मेरो आफ्नै कारणले यो बाटो रोजेको हुँ यसमा कसैको पनि दोष छैन’, भनेर लेखिएको अनसन्धानमा खटिएका प्रहरीले बताएका छन् । उनी मृत भेटिएको ठाउँमै सेल्फास नामको विषादीको डिब्बा र केरा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले कार्यालयको सीसीटीभी फुटेजवाट पनि अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धानका लागि प्रहरीले फरेन्सिक विज्ञलाई समेत झिकाएर मुचुल्का उठाएको छ । घटनाअनुसन्धान गरिरहेको प्रहरीले नासु केसी सोमबार राति कार्यालयमा बसेको हुनसक्ने अनुमान समेत गरेको छ । मंगलबार कार्यालय खुले पछि कर्मचारीले उनलाई लडेको देखेर प्रहरीलाई खबर गरेका थिए । उनी कीर्तिपुर नगरपालिकाको टौदहका स्थायी बासिन्दा हुन् ।