logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पानीको ट्यांकरभित्र अढाई किलोग्राम गाँजा


अंकुरण खबर
1.274K
Shares

काठमाडौं – प्रहरीले उपत्यकामा पानी ओसार्ने एउटा ट्यांकरबाट प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले यही सोमबार राति कीर्तिपुर नगरपालिका-१० मा त्रिवि आँखा अस्पताल अगाडिबाट उक्त गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार बा.२ ख‍.९४२६ नम्बरको पानी ट्याङ्कर चेकजाँच गर्ने क्रममा पानी ट्याङ्करमा लुकाईछिपाई राखिएको अवस्थामा लागूऔषध गाँजा २ किलो ३०० ग्राम बरामद भएको हो । प्रहरीले ट्यांकरबाट ४० हजार रूपैयाँ र ४ थान मोबाइल पनि बरामद गरेको छ ।

ट्याङकर चालक मकवानपुर घर भई काठमाडौंको चोभार बस्ने २० वर्षीय दिपक लो, ३० वर्षीय देवराज गोले र १८ वर्षीय सुरेश तामाङलाई पक्राउ गरेको छ ।