logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रवि लामिछानेसहित तीन जना हिरासतमै रहने, फेरि ५ दिन म्याद थपियो


अंकुरण खबर
832
Shares

काठमाडौं – पत्रकार रवि लामिछानेसहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न फेरी पाँच दिनको म्याद थपिएको छ । म्याद थप गर्नका लागि आज जिल्ला अदालत चितवनमा उपस्थित गराइएको हो ।

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत चितवन लगिएको थियो ।

पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिर्पोटहरुसहित म्याद थपका लागि अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

लामिछानेसहितका तीन जनालाई तीन नम्वर इजलासमा उपस्थित गराइएको थियो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो ।