logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

छोरासहित पत्नीको हत्या गर्न खोज्ने पक्राउ


अंकुरण खबर
1.222K
Shares

काठमाडौं – सिद्धलेक गाउँपालिका–१ धारापानीमा एक पतिले पत्नीलाई कोठामा थुनेर आगो लगाइदिएका छन् ।

२८ वर्षीय गणेश लम्सालले २५ वर्षीया पत्नी विमला दराई लम्सालसहित दुई वर्षीय छोरा जेनिसलाई सोमबारराति आगो लगाएर मार्ने प्रयास गरेपनि छिमेकी र आफन्तले उद्दार गरी अस्पताल पुर्याएका छन् ।

गणेशले मध्यराति पत्नी र छोरालाई घरको कोठाभित्र थुनेर आगो लगाइदिएका थिए । आगो लगाएपछि गणेश धन्सार कोठाको जस्ता झिकेर भागेका थिए । विमलाले हारगुहार मागेपछि छिमेकीले उद्दार गरी जिल्ला अस्पताल लगेका थिए ।

विमलाका अनुसार पतिले आगो लगाउनुअघि तारपिन तेलले घेरा लगाएका थिए । उनीहरुको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।