logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केही विरोधीले मरिहालोस् भनेर प्रचार गरेपनि अझै १५ वर्ष बाँच्छुु : प्रधानमन्त्री ओली


अंकुरण खबर
910
Shares

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफु उपचारका लागि सिंगापुर जान लागेको भन्दै अझै १५ वर्ष बाँच्ने बताएका छन् । बुधबार सिंहदरबारमा संविधान दिवस राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।

प्रधानमन्त्री ओलीले यसपटकको संविधान तथा राष्ट्रिय दिवस भव्यता र व्यापकताका साथ मनाउन सबैमा आह्वान गरे । ठूलो बलिदान र संघर्षबाट प्राप्त उपलब्धिका रूपमा संविधान आएकाले यो राष्ट्रव्यापी साझा दिवसको विशेषता, व्यापकता र भव्यता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कसरी जनस्तरमै व्यापक बनाउन सकिन्छ, त्यसैगरी तयारी थाल्न आग्रह गरे ।

उनले भने, “यो संविधान विगतको संघर्ष, इतिहास, बलिदानको उपलब्धिको संग्रह हो, वर्तमान यथार्थको प्रतिविम्ब हो र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूपमा हो, यसमा हाम्रा विगतका आँशु र पीडा, सङ्घर्ष र बलिदानका कथा छन्, वर्तमानका जटिलता अफ्ठेरा र आवश्यकता समेटिएको छ र भावी दिनका लागि कसरी अगाडि बढ्ने भन्ने राष्ट्रिय आकांक्षा र गन्तव्य समेटिएको छ ।”

उनले विभिन्न स्वार्थहरुको टकरावका कारण संविधानले सबैको चाहाना पुरा नगरेपनि जिद्धी र अडान बाहेकका तर्कहरुलाई सम्मान गरेको दाबी गरे । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा बाहिर आईरहेका चर्चा परिचर्चा खण्डन गर्दे विरोधीले आफुलाई मरिहालोस् भनेर प्रचार गरेपनि अझै १५ बर्ष मैदानमै रहने बताए ।

केही दिन अघि सिंगापुर गएर स्वास्थ्य परीक्षण गराई स्वदेश फर्किएका प्रधानमन्त्री ओली बिहिबार फेरी उपचारका लागि नै सिंगापुर जाँदैछन् ।