logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर नेपालमा


अंकुरण खबर
1.248K
Shares

काठमाडौं – नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् ।

उनी बुधबार मध्यान्ह त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । विदेशमन्त्री जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकका लागि यहाँ आएका हुन् । नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो । दिउँसो ३ बजेपछि बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी जयशंकरले सहअध्यक्षता गर्ने आयोग बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुनेछन् । संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची छ ।