logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुकुम जाँदै गरेको बस दाङमा दुर्घटना, ३ जना घाइते


अंकुरण खबर
1.014K
Shares

काठमाडौं – काठमाडौंबाट रुकुमका लागि छुटेको बा ४ ख १७३२ नम्बरको बस दाङमा दुर्घटना हुदाँ ३ जना घाइते भएका छन् ।

बुधबार बिहान साढे ७ बजेतिर काठमाडौंबाट जाँदै गरेको बस पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. ५ कुमलरोडमा दुर्घटनामा परेको हो ।

काठमाडौंबाट रुकुम जाँदै गरेको उक्त रात्री बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बसमा कुल २५ यात्रु रहेकोमा ३ जना मात्रै घाइते भएको र सबैको उद्धार गरि अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।