logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिके राउत मधेश टुक्राउन अन्तर्राष्ट्रिय फोरम धाउँदै , सरकारले नै बाटो खुलाइदियो : फनिन्द्र नेपाल


अंकुरण खबर
2.366K
Shares

काठमाडौं – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सधै नै चासोको विषय बन्छ नेपालको पछिल्लो राजनीतिक अबस्था ,नेपालका नेताहरुको आचरण र भारतले नेपाललाई गर्ने व्यवहार । त्यसमा पनि झन भारतले नेपालको सिमा मिच्ने र सिमा क्षेत्रका बासिन्दालाई सास्ती दिने कुरा अझै चर्चाको विषय बन्ने गर्छ । किन सधै भारतले नेपाललाई हेप्छ ? राष्ट्रिय स्वाधिनतामा किन आँच ल्याउछ ? र सिके राउतले अब मधेशलाई नेपालबाट टुक्राउने सञ्जाल दह्रो बनाएकै हुन त ? यिनै विषयमा केन्द्रित रहेर अंकुरण खबरको टिमले ग्रेटर नेपालका अध्यक्ष फनिन्द्र नेपालसंग गरेको कुराकानीमा आधारित अंश…

वर्तमान राजनीतिक अबस्थालाई कसरि विश्लेषण गर्नुहुन्छ ? 

अहिले नेपालको राजनीति अत्यान्तै जटील अबस्थामा रहेको छ । बाहिर हेर्दा जे जति सहज देखिन्छ भित्र भने यस्तो छैन् । देश र जनताको अहितमा सड्यन्त्र निर्माण हुदै गएको छ । वास्तवमा सरकार र राजनीतिक दलका नेता कार्यक्रता देशभक्त नभएकै कारण देशमा न्याय मरेको छ, हत्या,हिंसा व्यथिति ,भ्रष्टचार अराजक्ता बढेको हो ।

तपाई विगत लामो समयदेखि सुस्ता बचाउ अभियानमा अभियन्ताका रुपमा लाग्नु भएको छ सिमा सुस्ताको अबस्था कस्तो पाउनु भएको छ ?

म ग्रेटर नेपाल नामक संस्थामा आवद्ध भएर विगत लामो समयदेखि विशेषतः नेपालका मिचिएका भूभाग फिर्ता गर्ने र भविष्यमा पनि कहिल्यै सिमा एक इन्च पनि तलमाथि पर्न नदिने अभियानमा लागेको छु र लागिरहने छु । हाम्रा सिमा क्षेत्रमा भारतीयको ज्याददी अति छ । भारतीय पक्षले सिमा क्षेत्रका बासिन्दालाई गाली गर्ने,कुटपिट गर्ने, पीडा दिने,हिंसा गर्ने ,दुख दिने गरेको छ । स्थानीयले यस्ता ज्यादतीको प्रतिकार गर्न खोज्दा धेरैको ज्याननै गएको दुखद खबर पनि हाम्रो सामु छन् । यस्ता घटनामा सरकारले थाँहा हुँदाहुदैं पनि कुनै कदम चालेको छैन् । सरकार आफ्ना जनतालाई पीडा दिने र भारतीय पक्षको मात्र हीत चाहाने व्यावहार गर्ने भएकाले पनि यसको विरुद्धमा हामीले आवाज उठाउदै आएका छौं । हाम्रा नेताहरु सत्ता र शक्तिको लागि भरतका सच्चा कार्यक्रता बने यसको फाइदा उठाउदै भोलि भारतले नेपाललाई नै सिध्याउन पनि बेर छैन् ।

के सरकारले चाहेमा स्वभिमान सहित गुमेका भूभाग फिर्ता गर्न संभव होला त ?

वर्तमान सरकारले अहिले भैरहेका साध सिमानाहरु जोगाउन सकेको छैन भने गुमेका भूभागहरु फर्काउने कुरा त टाडाको कुरा हो । सरकारका प्रतिनिधि र शीर्ष नेताहरु सधै भारतका गोटी भएका कारणले पनि नेपाल र नेपालीले दुख पाएका हुन् । स्वर्ग जस्तो देशलाई नेताहरुले नर्क जस्तो पारेका छन् ।

विशेषतः अहिलेको सिमा समस्यालाई २ चरणमा विभाजन गरेर हेर्न सकिन्छ ः
१.सुगौली सन्धि रद्ध भएपछि नेपालको सिमाना टिस्टा देखि कांगडा सम्म साठ्ठी हजार जमिन नेपालले फिर्ता ल्याउने कुरा ।
२.मेची महाकाली नेपालमा पनि धेरै सिमाना मिचिएको छ । सुस्तामा करिब २० हजार हेक्टर जमिन भारतको हातमा परेको छ । कालापानीदेखि लपिुलेकसम्म ४५० स्क्वायर भूभाग एकै ठाउमा भारतले कब्जा गरेको छ ।

कालापानी हाम्रो हो भन्नका लागि सबै प्रमाण हामीसंग छन् । सुगौली सन्धि आफैमा प्रमाण हो । त्यो बाहेक कुटी ,गुञ्जी,नाभीमा सुगौली सन्धि भएको एक वर्ष पछाडीनै विवाद भयो । विवाद पछि ब्रीटिस अधिकारीले महाकालीदेखि पूर्व पट्टी पर्ने भएकाले यो नपालको भूभाग हो त्यसमा भारतले दाबी नगर्नु भनेको प्रमाणनै छ ।
यतिका प्रमाण हुदाहुदै पनि सरकारले आफ्नो भूभाग फर्काउन चाहेन् । हामी जस्ता केही अभियान्ताहरुले भारतको थिचोमिचो र गुमेको आफ्नो भूभागको बारेमा बोल्दा पनि निरुत्साहित पार्ने ,धम्की दिने काम गरिन्छ ।

सुगौली सन्धि ब्रिटीस सरकारसंग भएको हो । ब्रिटिस सरकार भारतबाटै हटिसक्यो र पनि किन भारतले सिमा मिचिरहेको होला ?
भारतीयले ब्रीटीसहरुबाट मुक्ति त पाए तर ब्रिटिसहरुमा रहेको बिस्तारवादी सोच भारतीयहरुमा पनि स¥यो । यही अबस्थाले गर्दा नेपालको धेरै उर्भर भूमि भारतीय पक्षसंग गएको छ । चुनावका बेला नेताहरुले सिमा सुरक्षाका विषयमा गुमेका भूभाग फर्काउने लगाएत त्यहाँका हरेर समस्या समधान गर्ने आस्वशन दिन्छन् । पछि त्यी कुरा सबै विर्सिन्छन ्। यही कारणले पनि नेपालले निकै महत्वका भूभाग गुमाई रहेको छ भने सिमाका बासिन्दाले पनि हैरानी खेपिरहेका छन् । कृर्षियोग्य जमिन, जैविक महत्वका कुरा र रणनीतिक कुरामा हस्तक्षेप गरेका छन् ।

नेपाली सेना भारत परास्त भयो सिमा सुरक्षाका बिषयमा केही गर्न सकेन भनेर आरोप लगाउनु भयो, के साच्चै नेपाली सेनामा राष्टियताको भाव नभएकै हो त ?
हो, नेपाली सेनामा राष्टियता छैन् । जागिरको लागिमात्र उनीहरु सेनाको बर्दी लगाएका हुन् । राष्टको शान्ति सुरक्षाको लागि बसेको सेना आफ्नै भूभागमा भारतीय सेना आएर बस्दा पनि प्रतिकार नगर्ने सेनालाई कसरी राष्टबादी भन्ने । राष्टका लागि परिआए ज्यान फ्याल्छु भनेर कसम खाने अनि आवश्यक परेका बेलामा केही थाँहा नभए जस्तो भएर बस्ने ।

के तपाइको जीवन कालमै नेपालका गुमेका भूभाव फिर्ता आउने कुरामा विस्वस्त हुनुहुन्छ ?
म पूर्ण विस्वस्त भएर भन्छुकी मेरो जीवनकालमै गुमेका भुभाग ल्याउन संभव छ । मैले पहिले नै भन्दै आएको कुरा अब ५ वर्षमा नाटकीय ढंगले नेपालको गुमेका भुभाग फर्कनी संभावना छ । हामीमा सुरुवाती चरणमा जुन अबस्था थियो त्यस्तै जोश,जागार र उत्साहा झनै बढेको छ म मा र ग्रेटर नेपालका अभियान्ताहरुमा ।

भारतले वर्तमान सरकार परिवर्तन गरि पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन लागेको र यदि प्रचण्ड प्रधानमन्त्री हुँदा भारतीय पक्ष अनुकुल संझौतामा हस्ताक्षर गर्छन भन्नुभयो ? के साच्चै प्रचण्डले नेपालमाथि घात गर्न लागेका हुन त ?
हो, विभिन्न समयका भेटघाट र प्रमाणहरुले प्रष्ट गर्छकी भारतको सहयोगमा यदि प्रचण्ड प्रधानमन्त्री भए भारतले तयार गरेका संझौतामा हस्ताक्षर गर्छु भनेको कुरा प्रष्टै छ । यदि यो अबस्था सृजना भयो भने नेपालले अल्पकाल तथा दीर्घकालसम्म धेरै कुरा गुमाउनु पर्छ । यस तर्फ सबै नागरिकले आग्रह पुर्वाग्रह त्यागी विवेक पूर्वक सचेत हुने दिन आएको छ ।

तपाईले नेताहरुले सिके राउतलाई खुल्ला राजनीतिमा ल्याएर देश प्रति ठुलो घात गरे भन्नु भयो कसरी ?
साच्चै नै अब देश कतै विभाजन हुने त हैन भन्ने शंका र त्रास बढेको छ । यसको माहोल वर्तमान सरकारलेनै तय गर्दैछ । कारण कारागारमा रहेका सिके राउतलाई खुल्ला राजनीतिमा ल्याउनु नै देशका लागि ठुलो घात हो । किनकी सिके राउतले स्थापना गरेको संस्था प्रतिनीधित्व नभएको देश र जनताको संगठन (यूयानपी) ले मधेश नेपालको उपनिवेश हो मधेशलाई छुट्टै राष्ट्र बनाउनु पर्छ भनी अन्तर्राष्ट्रियकरण गर्दैछन् । यसले देशमा नसोचेको परिणाम ल्याउन सक्छ । सिके राउतलाई संसद्मा प्रतिनिधित्व गराइदैछ ।यसको विरुद्धमा डटेर लड्ने बेला आएको छ ।

ग्रेटर नेपालले भविष्यमा के कस्ता योजना तय गरेको छ ?
ग्रेटर नेपालले अहिलेसम्म जनतामा जागरण ल्याउने काम ग¥यो । अब यस्ता मुद्धालाई अन्तर्राष्ट्रिय फोरममा लैजाने अभियानमा लागेका छौं । आफ्नो स्वार्थ त्यागी देशको स्वार्थमा मनैदेखि काम गर्ने नेता अहिले छैनन् । केही समयमै यस्ता नेता देखापर्ने संकेत पनि छैन् । यस अर्थ अब एक पटक हामी जुन अबस्थामा ,जहाँ छौं त्यहीबाट जति सकिन्छ त्यती राष्ट्रिलाई बचाउने तर्फ लागौ । अब नेता सुर्धिएर देश बन्लाकी भन्ने अबस्था छैन् ।