काठमाडौं – पाल्पामा गएराती चट्याङ लागेर एक युवती गम्भीर घाइते भएकी छन् ।
जिल्लाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी २८ वर्षीया सीता पाण्डे घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते पाण्डेको अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।
उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।