logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ बसपार्कको गेष्ट हाउसमा एक विवाहित जोडी मृत फेला


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – काठमाडौंको नयाँ बसपार्कस्थित मोरङ पर्वत गेस्ट हाउसमा एक जोडी महिला र पुरुष मृत अवस्थामा फेला परेका छन् । बुधबार दिउँसो उक्त गेस्ट हाउसको कोठा नं १११ मा उनीहरु मृत फेला परेका हुन् ।

चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको छ । कट्टु मात्र लगाएको अवस्थामा युवतीको शव खातको तलपट्टी र युवकको खाटमाथि भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरु मंगलबार राति ११ बजे होटलमा बसेका थिए । दिउँसो १ बजेसम्म पनि नस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए । कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन्। पुरुष र महिला दुवै विवाहित हुन् । महिलाका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।