logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालाजु औद्योगिक क्षेत्रमा आगलागी


अंकुरण खबर
1.222K
Shares

काठमाडौं – काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा बिहिबार बिहान साढे ११ बजे आगलागि भएको हो ।

आगलागीबाट ४ वटा नया गाडी र एउटा मोटरसाईकल पुर्ण रुपमा क्षतिग्रस्त भएका छन् । त्यसैगरी मर्मतको क्रममा रहेको शसस्त्र प्रहरी बलको एम्बुलेन्स पनि क्षतिग्रस्त भएको छ । शसस्त्र प्रहरी बलको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको प्राईम इन्टरटेक नेपालका कानुनी सल्लाहकार सानु श्रेष्ठले जानकारी दिए ।

काठमांडौ महानगरपालिका र नेपाली सेनाका दमकलको आगो नियन्त्रणमा लिएको थियो ।