काठमाडौं – साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेको छ । कारोबार शुरु भएपछि परिसूचक वृद्धि हुँदै गएको थियो ।
दिउँसो एक बजेतिरबाट निरन्तर ओरालो लाग्दै गएर नेप्से अन्ततः कारोबार बन्द हुँदा ०.९९ अंकले १२१३.०६ बिन्दूमा झरेको छ । बिहीबार कुल १७२ वटा कम्पनीको १० लाख ७७ हजार कित्ता शेयर २६ करोड १६ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।
आज एनआईसी एसिया बैंकको सबैभन्दा बढी शेयर कारोबार भएको छ । यस बैंकको १ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै आज सबैको लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५.९६ अंकले बढेको छ ।
साथै यस दिन सिर्जना फाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ४.७४अंकले घटेको छ ।
आज कारोबारमा आएका समूहमध्ये होटल, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ भने।अन्य बाँकी समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी निर्जीवन समूह ४२.०१ ले घटेको छ ।