logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रेणु दाहालले शालिकराम पुडासैनी मृत्यु प्रकरणमा दिइन यस्तो अभिव्यक्ति…


अंकुरण खबर
1.443K
Shares

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा भरतुर महानगरपालिकाकी मेयर रेनु दाहालले औपचारिक धारणा व्यक्ति गरेकी छिन् । उनले बिहिबार प्रस  विज्ञप्ति जारी गर्दै सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र आफुलाई जोडेर जनतामा भ्रम सृजना गरेको भन्दै आपत्ति जनाएकी छिन् ।

कत्तिपय व्यक्तिले यो घटनालाई जोडेर आफु र नेकपा अध्यक्ष माथि विभिन्न आरोप लगाउने गिरोह सक्रिय भएको जनाएकी छिन् ।
विज्ञप्तिमा उल्लेख गरिएको छ सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद हो ।

महानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि सबै पक्षसँग अनुरोध गरेको छ। गत साउन २० गते पत्रकार पुडासैनीले चितवनको कंगारु होटलमा आत्महत्या गरेका थिए । सोही प्रकरणमा प्रहरीले रवि लामिछानेसहित ३ जना पक्राउ परेर अनुसन्धान गरिरहेको छ ।