logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रियसभाको बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने


अंकुरण खबर
1.066K
Shares

काठमाडौं – राष्ट्रियसभाको आज बस्ने बैठकमा दुई वटा विधेयक प्रस्तुत गरिने भएको छ । आज बिहान ११ बजे सुरु हुने बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले पनि राष्ट्रियसभामा विधेयक प्रस्तुत गर्दैछन् । भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव मन्त्री अर्यालले प्रस्तुत गर्न लागेको संसद् सचिवाललयले जनाएको छ ।

दुवै विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो ।