Breaking Newsअन्तर्वार्तास्वास्थ्य

डेंगुले महामारीको रुप लिने खतरा : बच्नको लागि डाक्टर यस्तो सुझाब दिन्छन्…

काठमाडौं – पछिल्लो केही दिन यता डेंगुले महामारीको रुप लिदै गएको छ । देशका विभिन्न ठाउँमा डेंगुको संक्रमण बढेको पाइन्छ । जसका कारण संक्रमितको मृत्यु समेत भएको छ । के हो डेंगु ? यो कसरी लाग्छ र बच्न के गर्ने जनरल फिजिशियन तथा छाती रोग विशेषज्ञ डा. प्रकाश पौड्याल यस्तो सुझाब दिन्छन् …

के हो डेंगु ? यो कसरी सर्छ ?
डेंगु एक प्रकारको ज्वारो हो । एडिस एजिप्टाई र एल्वौपेक्टस नामक जातको डेंगु भाइरसद्धारा संक्रमित लामखुट्टेले टोके पछि यो सर्ने गर्दछ  । यो भाइरस डेंगु १,डेंगु २,डेंगु ३ र डेंगु ४ गरि ४ प्रकारको हुन्छ । अन्य देशमा डेंगु धेरै पहिलेदेखि देखापरे पनि नेपालमा भने सन् २००४ देखि देखापरेको हो ।
नेपालको सन्दर्भमा यो वर्ष डेंगुको संक्रमण बढी हुने र छिटो देखिने कारण भनेको प्रिमनसुन छिट्टै सुरु हुनु र यस समयमा धेरै पानी पर्नु पनि हो । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रको तुलानामा शहरी क्षेत्रमा बढी पाइन्छ ।

डेंगुका धेरै लक्षण अन्य रोगका लक्षणसंग पनि मिल्ने भएकाले अधिकांश बिरामीले लामो समयसम्म पनि डेंगुलाई ज्वारो आएको मानि यसैको उपचार गरेर बसेको पाइन्छ । जसले गर्दा अन्त्यमा बिरामीको मृत्यू समेत हुने गरेको छ ।

डेंगुका लक्षणहरु निम्न छन् :

१.एक्कासी अत्याधिक ज्वारो आउनु ।
२.असाध्यै टाउको दुख्नु ।
३.हड्डी तथा जोर्नीहरुमा धेरै दुख्नु ।
४.वाक्वाकी लाग्नु ।
५. शरीरमा स साना विविरा आउँनु ।
६.आँखाको गेडी तथा गेडी तथा आँखा वरीपरीको भाग दुख्नु ।
७. खाना मन नलाग्नु ।
८. पेट दुख्नु ।
९. जीउ आलस्य हुनु ।
१०. रक्तश्राव हुनका साथै शरीरका विभिन्न ठाँउमा दाँगहरु देखिनु, बेहोस हुनु ।

डेंगुबाट बच्ने उपाय  :
डेंगुबाट बच्ने सबै भन्दा प्रमुख उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो । यसको अलाबा
१. घर वरपर पानी जम्ने खाल्टाखुल्टी पुर्ने । पानी जम्ने भाडाकुडाहरु नराख्ने ।
२. पानी जमेको ठाउँमा जाँदा वा बस्दा शरीर डाक्ने कपडा लगाउने ।
३.पानीको ट्यांकीलाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने ।
४.यो लामखुट्टेले दिउसो टोक्ने भएकाले दिउसो सुत्दा पनि झुल भित्र सुत्ने ।

डेंगु जुनसुकै उमेर समुहका मानिसलाई लाग्न सक्छ । डेंगुको संक्रमण भएका सबैलाई खतरा हुन्छ भन्ने पनि हैन् तर पनि दोहोरिएर डेंगु लागेमा बिरामीको मृत्यु समेत हुनसक्छ । त्यस कारण पनि यस्ता लक्षण देखिए तुरुन्त चिकित्सककोमा स्वास्थ्य परीक्षण गराउनु पर्छ ।

डा. प्रकाश पौड्यालसंग अंकुरण खबरको टीमले गरेको कुराकानीमा आधारित

Comment here