logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कमजोर बन्दै नेपाली रुपैयाँ


अंकुरण खबर
5.941K
Shares

काठमाडौं – पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । अमेरिकी डलरको भाउ शुक्रबार एकैदिन ४० पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्रीदर १ सय १५ रुपैयाँ २० पैसा तोकेको छ । यस्तै एक अमेरिकी डलरको खरिद दर भने १ सय १४ रुपैयाँ ६० पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पछिल्ला दिनमा डलरको भाउ निरन्तर बढिरहेको छ । नेपालमा भारतीय मुद्राको स्थिर विनिमय दर रेहेको र अहिले भारतीय मुद्रा अवमुल्यन भएकाले नेपालमा पनि डलरको भाउ बढेको हो ।

डलर बढ्दा विदेशबाट पैसा पठाउनेलाई, पर्यटन क्षेत्र र निर्यात क्षेत्रमा फाइदा पुग्नेछ र नेपालको निर्यात थोरै र आयात धेरै भएकाले डलरको भाउ बढ्दा नेपालमा विदेशी सामानको भाउ पनि बढ्नेछ ।