logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाजुराका पाँच वडाध्यक्षले दिए सामूहिक राजीनामा


अंकुरण खबर
1.872K
Shares

काठमाडौं – बाजुराको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गरेको भन्दै नेकपाबाट निर्वाचित पाँच बडाध्यक्षले विकास समिति सदस्य नरहने गरी बिहीबार राजीनामा बुझाएका हुन् ।

समिति गठनदेखि अरु निर्णय एकलौटी रूपमा गरेको र फरक सङ्गठनको भएकै कारण नै आफुहरुलाई बेवास्ता गरेको राजीनामा दिने बडाध्यक्षहरुको आरोप छ ।

राजीनामा दिनेमा श्रोत अनुमान तथा सिमा निर्धारण समिति सदस्य–धर्मराज पाध्याय, नगर शिक्षा समिति सदस्य डम्मर बहादुर महत, रोजगार निर्देशक समिति सदस्य विरबहादुर रावल, राजस्व परामर्श समिति सदस्य विनोद कुमार विक र नगर स्तरीय उर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्रनाथ रहेका छन् ।

असन्तुष्ट बडाध्यक्षहरुसँग छलफल गरेर निकास खोजिने नगरप्रमुख पदम बढुवाले बताएका छन् ।