काठमाडौं – बिर्तामोड–भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–१० की करिब ६७ वर्षीया सुमित्रा राईको नालीमा डुबेर मृत्यु भएको हो ।
बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत बिर्तामोड–३ सैनिक मोडमा रहेको मेची आँखा अस्पताल नजिकै खनिएको नालीको पानीमा डुबेर महिलाको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ । महिला नालीमा कसरी डुबिन् भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
शुक्रवार बिहान निर्माणाधीन सडकको छेउको नालीमा राईको शव तैरिरहेको देखेपपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । सडक ठेकेदारको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।