काठमाडौं – ओखलढुंगाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कटुवालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो ।
वडा सचिव कटुवाल सुनकोसी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा हुन् । भदौ १ गते स्थानीय एक २३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा वडा सचिव कटुवालविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।