logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिनभर देशभरको मौसम आज कस्तो रहला ?


अंकुरण खबर
1.274K
Shares

काठमाडौं – देशभर आइतबारको मौसम बदली भएर अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यका क्षेत्रमा अपराहन्नपछि मौसम बदलि भइ वर्षाको सम्भावना छ । मनसुनको न्यून चापीय रेखा को पश्चिम भाग औसत स्थान भन्दा केही उत्तर तर्फ रहेको छ । साथै बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली रहेको देखाइएको छ । देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली र मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।

मौसमविदका अनुसार पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षा हुनेछ । त्यस्तै पश्चिमी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।