logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा डेङ्गुबाट एक वृद्धको मृत्यु


अंकुरण खबर
1.508K
Shares

काठमाडौं – चितवनमा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उपचारका क्रममा वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । तर भदौ ६ गते मात्र स्वास्थ्य कार्यालयलाई जानकारी दिइएको हो । मृतकको नाम गोप्य राखिएको छ ।

सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो । सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।