logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अभद्र व्यवहार गरेको आरोपमा एनआरएनएका अध्यक्ष भवन भट्टलाई विमानबाट निकालियो


अंकुरण खबर
2.405K
Shares

काठमाडौं – मदिरामा लठ्ठिएर अभद्र व्यवहार गरेको आरोपमा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ । सिंगापुर जान लागेका भट्टले मदिरा सेवन गरेर अभद्र व्यवहार गरेको भन्दै उनलाई शनिबार बिहान विमानबाट निकालिएको हो ।

भट्ट आवश्यक सम्पूर्ण चेकजाँच सकेर सिल्क विमानको सिटमा बसेका भएपनि क्याप्टेनले अत्याधिक मदिरा सेवन गरेका व्यक्तिलाई बोकेर उडान गर्न नसकिने बताएपछि उनलाई निकालिएको विमानस्थल श्रोतले बताएको छ ।

उनले विमानका कर्मचारीसहित प्रहरीसँग पनि अभद्र व्यवहार गरेको बताइएको छ ।