प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा अहिले उपचार भइरहेको छ । प्रधानमन्त्री ओलीको शुक्रबारबाट उपचार सुरु गरिको र अवस्था सामान्य रहेको ओलीकी निजी चिकित्सक डा.दिव्यासिंह शाहले जानकारी दिइन् । ओलीको प्लाज्मा फेरेसिस प्रक्रिया मार्फत उपचार थालिएको छ । अझै अरु पटक पनि प्लाज्मा फेरेसिस गर्नुपर्ने बताएको छ ।
प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको छ । मिर्गौलामा यसरी बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस् उपचार पद्दति अपनाइन्छ । चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्छ । शुक्रबार पहिलोपटक यो प्रक्रिया थालिएकाले उनलाई कतिपटकसम्म गर्नुपर्ने हो निश्चित भइसकेको छैन । उपचfरको अवधि लम्बियसंगै प्रधानमन्त्री नेपाल आउन अझै महिना दिनजति लाग्न सक्ने सचिवालयले जनाएको छ ।